Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर २२७ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २२७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२३, भाद्र २०७९
आज देशभर २२७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । देशभर थप २२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

४ हजार ४०१ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १५१८ जनाको पिसिआर परीक्षण गर्दा १३७ र २८८३ जनाको परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो।

१६८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।

यसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने २४७३ जना सक्रिय संक्रमित छन्।

images
प्रकाशित मिति :भाद्र २३, २०७९ बिहिवार - २०:४४:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology