Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आजबाट निर्वाचन आचारसंहिता लागू

आजबाट निर्वाचन आचारसंहिता लागू

दैनिकी न्यूज

१२, आश्विन २०७९
आजबाट निर्वाचन आचारसंहिता लागू
images

काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । यसपछि प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई आफ्नोबाहेक अन्य उम्मेदवारको प्रचारप्रसार गर्न रोक लाग्नेछ । निर्वाचन आयोगका अनुसार आयोगको अनुमति लिएर प्रधानमन्त्री तथा मन्त्रीहरू अन्य उम्मेदवारको प्रचारप्रसार गर्न जान सक्नेछन् ।

आयोग पदाधिकारी बैठकले मंगलबार मध्यरातबाट निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार, निर्वाचनमा भाग लिने राजनीतिक दलदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापकलगायत विभिन्न सरोकारवाला पक्षमा आचारसंहिता लागू हुनेछ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहीत बनाउने आयोगको अठोट रहेकाले आचारसंहिता पालनामा सबै दल तथा निकायको सहयोग रहने विश्वास लिइएको छ ।

‘आयोगले मंगलबार मध्यरातिबाट निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ, आचारसंहिता पालना र कार्यान्वयन गर्न सबैको सहयोग अपेक्षा राखेका छौं,’ प्रमुख आयुक्त थपलियाले भने ।

आयोगले गत आइतबार प्रधानमन्त्री, मन्त्रीसहित १२ राजनीतिक दलका मुख्य नेतालाई आयोग केन्द्रीय कार्यालय बोलाएर निर्वाचन आचारसंहिता कार्यान्वयनमा हस्ताक्षर गराउँदै प्रतिबद्धता लिएको थियो । आयोगले गत १३ भदौमा नेपाल राजपत्रमा निर्वाचन आचारसंहिता २०७९ प्रकाशित गरेको हो । यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :आश्विन १२, २०७९ बुधवार - ०६:०६:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology