Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

दैनिकी न्यूज

१३, आश्विन २०७९
जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ
images

काठमाडौं । टोखा नगरपालिका–५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका(१ बस्ने ७१ वर्षीय सुकमान लामा लगायत ६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार रूपैयाँ, कौडा १६ थान र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आश्विन १३, २०७९ बिहिवार - १८:१०:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology