काठमाडौं । इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेता चौधरीलाई पार्टी प्रवेश गराएका हुन्।
माओवादी केन्द्रले प्रदेशसभामा टिकट दिने बताएपछि उनी माओवादी प्रवेश गरेका हुन्। उनलाई माओवादीले सुनसरी–२ को (क) बाट उम्मेदवार बनाउने शर्तमा पार्टी प्रवेश गराएको बुझिएको छ।