Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गाडीको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

गाडीको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

दैनिकी न्यूज

१९, आश्विन २०७९
गाडीको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते
images

चितवन । चितवनमा गाडीको ठक्करबाट श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन्।

भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका–५ का ४८ वर्षीय मित्रलाल पँगेनीको मृत्यु भएको हो।

टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार मित्रलालकी श्रीमती ४० वर्षीया राधा घाइते भएकी छिन्।

पुरानो मेडिकल कलेजमा उनको उपचार भइरहेको छ। जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

images
प्रकाशित मिति :आश्विन १९, २०७९ बुधवार - १९:१४:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology