Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

सहमतिको पालना गर्न बागी उम्मेदवारलाई निर्देशन

सहमतिको पालना गर्न बागी उम्मेदवारलाई निर्देशन

दैनिकी न्यूज

२६, आश्विन २०७९
सहमतिको पालना गर्न बागी उम्मेदवारलाई निर्देशन
images

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा वेदुराम भुसालले गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी अविलम्ब फिर्ता लिन निर्देशन दिएका छन् ।

महासचिव डा भुसालले विज्ञप्ति जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायमै राखेमा पार्टीले कारबाही गर्ने बताएका छन् । निर्धारित समय सीमाभित्र उम्मेदवारी फिर्ता गरी साङ्गठानिक अनुशासनमा दृढ रहन समेत उनले आग्रह गरे ।


निर्वाचन आयोगले यही असोज २३ गते उम्मेदवारी मनोनयन तथा असोज २६ गते मनोनयन दर्ता भएका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनका लागि समय तोकेको छ । यसअघि पार्टीले गठबन्धनका साझा उम्मेदवारलाई देशभरबाट विजयी गराउन सम्पूर्ण मतदातालाई आग्रह गरेको थियो । रासस

images
प्रकाशित मिति :आश्विन २६, २०७९ बुधवार - १०:५४:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology