Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पौडेल बने सत्ता गठबन्धनको चुनावी कमाण्डर

पौडेल बने सत्ता गठबन्धनको चुनावी कमाण्डर

दैनिकी न्यूज

२७, आश्विन २०७९
पौडेल बने सत्ता गठबन्धनको चुनावी कमाण्डर
images

 काठमाडौं । सत्तारूढ गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागी चुनावी कमाण्डर ताेकेकाे छ। बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले पौडेलको नेतृत्वमा निर्वाचन परिचालन समन्वय समिति बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए। बैठकले केन्द्रमा पौडेलको नेतृत्वको गठबन्धनले काम गर्ने तथा प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुखहरु रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने निर्णयसमेत गरेको छ। जिल्ला संयन्त्रले आवश्यकता अनुसार निर्वाचन क्षेत्र तथा स्थानीय तहमा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्ने सक्नेछ। गठबन्धनको नारा ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ कायम गरिएको छ। यस्तै, गठबन्धनले सातै प्रदेशमा चुनावी भेला आयोजना गर्ने भएका छन्। घोषित कार्यक्रम अनुसार कार्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा, नेकपा (एकीकृत समाजवादी) ले व्यवस्थापन गर्ने र ४ गते नै लुम्बिनी प्रदेशको बुटवलमा नेपाली कांग्रेसले व्यवस्थापन गर्नेछ। यस्तै, ५ गते विराटनगरमा, सोही दिन जनकपुरमा कांग्रेसले व्यवस्थापन गर्नेछ भने लोसपालाई पनि आमन्त्रण गरिने छ। यस्तै, कार्तिक ६ गते धनगढी (व्यवस्थापन नेकपा (माओवादी केन्द्र) ले गर्ने, ६ गते नै सुर्खेतमा कांग्रेसले व्यवस्थापन गर्नेछ। कार्तिक ७ गते वागमतीको काठमाडौंमा हुने भेलाको व्यवस्थापन माओवादी केन्द्रले गर्ने छ। यसैगरी गठबन्धन दलले एउटा अपिल प्रकाशन गर्न ड्राफ्ट कमिटी गठन गरेको छ, जसमा प्रकाशशरण महत, हितमान शाक्य, प्रमेश हमाल र हिमलाल पुरी सदस्य छन्।

images
प्रकाशित मिति :आश्विन २७, २०७९ बिहिवार - २२:२०:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology