Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

बैंक अफ काठमाण्डूको प्रस्ताव गर्यो लाभांश

बैंक अफ काठमाण्डूको प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

३०, आश्विन २०७९
बैंक अफ काठमाण्डूको प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको आज असोज ३० गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले हुन आउने ६३ करोड ७४ लाख ३९ हजार रुपैयाँ बराबरको बोनस शेयर र १४.९५ प्रतिशत अर्थात एक अर्ब ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ (कर सहित) नगद गरी कुल २०.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 

images
प्रकाशित मिति :आश्विन ३०, २०७९ आइतवार - १९:२४:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology