Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बैंक अफ काठमाण्डूको प्रस्ताव गर्यो लाभांश

बैंक अफ काठमाण्डूको प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

३०, आश्विन २०७९
बैंक अफ काठमाण्डूको प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको आज असोज ३० गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले हुन आउने ६३ करोड ७४ लाख ३९ हजार रुपैयाँ बराबरको बोनस शेयर र १४.९५ प्रतिशत अर्थात एक अर्ब ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ (कर सहित) नगद गरी कुल २०.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 

images
प्रकाशित मिति :आश्विन ३०, २०७९ आइतवार - १९:२४:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology