ललितपुर । ललितपुरमा नेकपा (एकीकृत समाजवादी) का दुई नेता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिकाकी पूर्व उपमेयर तथा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य निर्मला थापा र एकीकृत समाजवादी निकट बुद्धिजिवी परिषद्का केन्द्रीय सदस्य अशोक थापा आइतबार एमालेमा प्रवेश गरेका हुन् ।
बालकोटमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेको हो ।