Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर ४२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

आज देशभर ४२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

दैनिकी न्यूज

७, कार्तिक २०७९
आज देशभर ४२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोनाबाट ज्यान गएकोमा हालसम्म नेपालमा कोरोनाबाट नेपालमा १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा पीसीआर परीक्षण गर्दा १० लाख ४९५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये नौ लाख ८७ हजार ७८४ जना निको भइसकेका छन् । आज देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६९२ रहेको छ ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७९ सोमवार - १८:१५:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology