Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नायिका प्रियंका कार्कीको घरमा चोरी

नायिका प्रियंका कार्कीको घरमा चोरी

केशव घिमिरे

८, कार्तिक २०७९
नायिका प्रियंका कार्कीको घरमा चोरी
images

ललितपुर । ललितपुरको भैसेपाटी स्थित महतो मार्गमा रहेको नायिका प्रियंका कार्कीको घरमा गएराति चोरी भएको छ । प्रहरीका अनुसार कार्कीको घरबा नगद ३० हजार रुपैयाँ, विभिन्न गरहना ५ लाख ५० हजार रुपैयाँ बराबरको गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।

बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सुधिर राज शाहीले जानकारी दिए । उनका अनुसार चोरीमा संलग्न हाल फरार रहेको र उनीहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक ८, २०७९ मंगलवार - ११:१९:१७ बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology