रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ४ सुलिचौरबुधबार भएको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
लिवाङ–भालुवाङ सडक खण्ड अन्तर्गत सुनीलस्मृति गाउँपालिका–४ सेवाकेन्द्र भन्ने ठाउँबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जीप सडकबट १०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा दाङ घोराही उपमहानगरपालिका– ६ का ५८ वर्षका विष्णु रिजाल र ६० वर्षका नारायण रिजाल तथा रोल्पा नगरपालिका–३ कि ५० वर्षकी फाम्सी केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मध्ये पाँच जनाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर र सात जनालाई कोहलपुर रिफर गरिएको छ।