Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

उम्मेदवारले आजदेखि चुनावी प्रचारप्रसार गर्न पाउने

उम्मेदवारले आजदेखि चुनावी प्रचारप्रसार गर्न पाउने

दैनिकी न्यूज

१७, कार्तिक २०७९
उम्मेदवारले आजदेखि चुनावी प्रचारप्रसार गर्न पाउने
images

काठमाडौं । राजनीतिक दल र उम्मेदवारले भोलि बिहीवारदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् ।

आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलिदेखी मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनले प्रचारप्रसारको यो अवस्थामा चुनावको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह पनि गरे ।

प्रचारप्रसारको दोस्रो चरणमा प्रवेशको अघिल्लो दिन बुधवार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले आचारसंहिता नैतिक र कानुनी बन्धन भएकोले यसलाई सबैले पालना गर्नुपर्ने बताए । अहिलेसम्म ७१ व्यक्ति र संस्थालाई सोधिएको स्पष्टीकरणमा जवाफ आउने, तथ्य जुटाउने र अध्ययनको काम भइरहेको र कात्तिक २५ गतेभित्र निर्णयमा पुग्ने उनले बताए ।

यस्तै प्रमुख आयुक्त थपलियाले मङ्सिर ४ गते हुने चुनावका उम्मेदवारले मङ्सिर १९ गतेभित्र खर्च विवरण पेस गरिसक्नुपर्ने भन्दै त्यसको लेखा परीक्षणसमेत गर्ने बताए ।

images
प्रकाशित मिति :कार्तिक १७, २०७९ बिहिवार - ०६:४३:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology