Logo

सोमवार, श्रावण २५ गते २०८३

images

रामेछाप एमालेमा पहिरो, प्रदेश सचिवालय सदस्यहित दर्जनौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

रामेछाप एमालेमा पहिरो, प्रदेश सचिवालय सदस्यहित दर्जनौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

दैनिकी न्यूज

२०, कार्तिक २०७९
रामेछाप एमालेमा पहिरो, प्रदेश सचिवालय सदस्यहित दर्जनौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
images

ललितपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको संघारमा दलहरु चुनावी अभियानमा जुटिरहेका बेला नेकपा (एमाले) रामेछापमा ठूलो पहिरो गएको छ। रामेछाप घर भएका नेकपा (एमाले) बागमती प्रदेश सचिवालय सदस्य रामकृष्ण लामाको नेतृत्वमा रामेछाप जिल्ला कमिटी सदस्य, गाउँ कमिटी सदस्यलगायत ४२ जना कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका लामासहितका कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज खुमलटारमा खादा लगाएर स्वागत गर्नुभएको छ।

प्रचण्डको हातबाट खाँदा लगाएर माओवादी प्रवेश गर्नुभएका एमाले बागमती प्रदेश सचिवालय सदस्य रामकृष्ण लामाले एमाले कम्युनिष्ट नैतिकता र सिद्धान्तबाट पतन भइसकेको भन्दै उक्त पार्टीमा रहनुको कुनै अर्थ नरहेको बताउनु भयो।

महाकाली सन्धिमा गरेको राष्ट्रघातदेखि अहिलेसम्म एमालेले थुप्रै राष्ट्रघात गरेको भन्दै लामाले बाहिर राष्ट्रवादको नारा लगाउनेहरु एमाले नेताहरु नै सबैभन्दा बढी राष्ट्रघाती भएको बताउनु भयो। पार्टीमा इमान्दार, सिद्धान्तनिष्ठ नेताहरुलाई पाखा लगाउँदै एमालेले राजतन्त्र फर्काउने भन्दै हिडेका राप्रपासँग तालमेल गर्ने, कमल थापाहरुलाई सूर्य चुनाव चिन्ह दिने एमाले नेताहरु दलाल, विचौलियाको चङ्गुलमा फसिसकेको चर्चा गर्नुभयो।

सामाजिक परिवर्तन, आर्थिक विकास र राष्ट्रियताका पक्षमा निरन्तर संघर्ष गर्ने कम्युनिष्ट पार्टी माओवादी केन्द्र मात्रै रहेको र त्यसको कुशल नेतृत्व अध्यक्ष प्रचण्डले गरिरहेकोले आफूले माओवादी केन्द्र रोजेको लामाले बताउनु भयो।

नवप्रवेशी लामा लगाएका नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले सबैलाई पार्टीले उचित जिम्मेवारी दिइने बताउनु भयो। अहिलेको एमाले नेतृत्व प्रतिगमनको मतियार बनेको भन्दै अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता, समावेशी÷समानुपातिक प्रणाली नै खारेज गर्नेतर्फ एमाले अध्यक्ष ओली लागिरहेको बताउनु भयो। संसद विघटन गरेर संविधान नै च्यात्ने कुचेष्टा गरेका ओलीले राजतन्त्रको वकालत गर्नेहरुसँग मिलेर परिवर्तनका एजेण्डामाथि धावा बोल्न खोजेको तर त्यसलाई वाम लोकतान्त्रिक शक्तिले परास्त पार्ने अध्यक्ष प्रचण्डले बताउनु भयो।

एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा रामकृष्ण लामासहित एमाले रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामा, पूर्व जिल्ला सदस्य हरि बहादुर लामा र बसन्त सागर लामा, गाउँपालिका कमिटी सदस्यहरु रोज बहादुर लामा, रामशरण गौतम, रामकुमार विक रहनुभएको छ। त्यसैगरी अनेरास्ववियुका रिजन लामा, हेमन्त सागर लामा, उर्मिला विक, युवा संघ जिल्ला कमिटी सदस्य अपिल लामा, युवा संघका संघर्ष लामा, अनिल लामा, निश्चल लामा, फुर्वाराज लामा, प्रशान्त लामा, यामलाल मानन्धर, श्याम मानन्धर, गणेश बहादुर श्रेष्ठ, सेन्स योन्जन, मिना रसाइली, सुनिल घिसिङ, अमर विक, विष्णु विक, मिन कुमार विक, मोहन माया श्रेष्ठ, चमेली विक, निशा विक, रीता विक, सुजन विक, अनिल तामाङ, अग्नि घिसिङ, असली लामा, रञ्जना लामा, कविता लामा, करण लामा, सरस्वती गौतम, बालकृष्ण मानन्धर, राजु तामाङ लगायतका कार्यकर्ता रहेका छन्।

images
प्रकाशित मिति :कार्तिक २०, २०७९ आइतवार - २०:४५:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology