Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लामो समय शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य

लामो समय शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य

दैनिकी न्यूज

२५, कार्तिक २०७९
लामो समय शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य
images

काठमाडौं । मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समय धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य भएको छ । नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गतेदेखि संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेसँगै दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयर कारोबार लामो समय रोक्का हुने समस्याको अन्त्य भएको हो ।

हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि ३४ कम्पनीको शेयर कारोबार रोक्का छ । निर्देशिका लागू भएसँगै यी कम्पनीहरूको आधारभूत शेयर कारोबार शेयरधनीबाहेकको फुकुवा हुनेछ । बोर्डले निर्देशिका प्रारम्भ हुनुअघि मर्जर तथा प्राप्ति प्रयोजनका लागि रोक्का रहेका कम्पनीको आधारभूत शेयरधनीबाहेक अन्य शेयरको कारोबार फुकुवा हुनुपर्ने व्यवस्था गरेको हो । नयाँ व्यवस्थाबमोजिम आधारभूत शेयरधनीबाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्न विवरणसहित धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) र केन्द्रीय निक्षेप सेवाप्रदायक संस्था ९सीडीएससी० समक्ष निवेदन पेश गर्नुपर्नेछ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :कार्तिक २५, २०७९ शुक्रवार - ०६:३९:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology