Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौँ महानगरले सडक सुरक्षा परीक्षण गर्ने

काठमाडौँ महानगरले सडक सुरक्षा परीक्षण गर्ने

दैनिकी न्यूज

२६, कार्तिक २०७९
काठमाडौँ महानगरले सडक सुरक्षा परीक्षण गर्ने
images

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) गर्ने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले अग्नि नियन्त्रकका लागि सुरु भएको दुईदिने सडक सुरक्षा तालिमको शुभारम्भ गर्दै सडक सुरक्षा परीक्षण गरिने बताउनुभएको हो ।

उहाँका अनुसार सडक, यातायात र ट्राफिक व्यवस्थापनमा काम गर्ने कार्यालय, सङ्घ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारबारे पनि पुनर्विचार गर्नुपर्ने देखिएको छ । जसलाई जे अधिकार हुनुपर्ने हो रु त्यो अधिकार प्राप्त नहुनु, कसले के काम गरिरहेको छ, आपसमा थाहा नहुनुले नतिजा मापन गर्न सकिएको छैन । यसका लागि महानगरले सडक सुरक्षा परीक्षण योजना बनाएको हो । यसले तथ्यमा आधारित नीति निर्माणमा टेवा दिनेछ ।

विश्व बैङ्कको अध्ययनअनुसार नेपालमा सडक दुर्घटनाबाट राष्ट्रिय उत्पादनको १।५ प्रतिशत आर्थिक क्षति व्यहार्नुपरेको छ । नेपाल दक्षिण एसियाली मुलुकहरूमा सडक दुर्घटनाबाट जनधनको उच्च क्षति हुने देशमध्येको एक हो । दुर्घटनाबाट ज्यान जाने, अङ्गभङ्ग हुनेलगायतका क्षति हुन्छन् । सडक प्रयोगकर्तामध्ये पैदलयात्री, साइकलयात्री र मोटरसाइकलयात्री सडक दुर्घटनाको सबैभन्दा जोखिममा पर्ने गरेका छन् । सन् २०३० सम्ममा पूरा गर्नुपर्ने दिगो विकास लक्ष्यमा सडक दुर्घटनालाई आधा घटाउनुपर्ने सूचक छ ।

सडक सुरक्षा परिषद्का सल्लाहकार सरोज प्रधानले महानगरको सडक सुरक्षा परीक्षण योजनाबाट महत्वपूर्ण सूचना प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले गर्नैपर्ने र सडक सुरक्षाको वस्तुगत स्थितिको जानकारी दिने ‘सेफ्टी अडिट’का लागि परिषद्बाट आवश्यक पर्ने प्राविधिक सहयोग उपलब्ध गराइने बताउनुभयो ।

महानगरका विपत् व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले तालिममा दुर्घटना र मानवीय दृष्टिकोण, घटनास्थलमा पुग्ने र अवस्थाको विश्लेषण गर्ने, सवारीको अवस्था र त्यसलाई व्यवस्थित बनाउने तरिका, खोज, उद्धारका लागि भौतिक साधन तथा उपकरणको व्यवस्थापन, अन्य जोखिम भए त्यसलाई घटाउने वा हटाउने, उद्धार कार्यको समाप्तिलगायत विषय समावेश गरिएको जानकारी दिनुभयो । तालिममा काठमाडौँ उपत्यकाभित्रका पालिकाबाट ४० जना अग्नि नियन्त्रकको सहभागिता छ । अग्नि नियन्त्रक नभएका पालिकाबाट पर्यवेक्षक–अवलोकनकर्ताका रूपमा सहभागी गराइएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :कार्तिक २६, २०७९ शनिवार - ०६:३३:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology