Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

शेयर नपाउनेसँग आस्बा शुल्क नलिन माग

शेयर नपाउनेसँग आस्बा शुल्क नलिन माग

दैनिकी न्यूज

२८, कार्तिक २०७९
शेयर नपाउनेसँग आस्बा शुल्क नलिन माग
images

काठमाडौं । सार्वजनिक निष्कासनका धितोपत्र खरीदमा लाग्ने आस्बा शुल्क धितोपत्र पाउनेको हकमा मात्र लागू गर्न लगानीकर्ताले माग गरेका छन् । सार्वजनिक निष्कासनका धितोपत्र खरीदका लागि आवेदन दिनेको संख्या बढ्दा धितोपत्र पर्ने सम्भावना कम हुँदै गएकाले बाँडफाँटमा परेका आवेदकबाट मात्र आस्बा शुल्क संकलन गर्न लगानीकर्ताले माग गरेका हुन् ।

लगानीकर्ताको मागबमोजिम नेपाल धितोपत्र बोर्डले अधिकतम सय रुपैयाँसम्म रहेको आस्बा शुल्क घटाएर अधिकतम ५ रुपैयाँ कायम गरेको छ । बोर्डले गत भदौमा धितोपत्र खरीद ९सार्वजनिक निष्कासन० सम्बन्धी निर्र्देशिका, २०७३ मा तेस्रो संशोधन गरी यसअघिको न्यूनतम १० रुपैयाँदेखि सय रुपैयाँसम्मको आस्बा शुल्क घटाएर अधिकतम ५ रुपैयाँसम्म कायम गरेको हो । पछिल्लो समय सार्वजनिक निष्कासनमा आएका शेयर खरीदका लागि लाखौं लगानीकर्ताको आवेदन पर्ने गरेको छ । एकजना आवेदकलाई न्यूनतम १० कित्ता बाँडफाँट गर्नैपर्ने नीतिका कारण कम आवेदकले मात्र गोला प्रणालीबाट शेयर पाउने गरेकाले नपाउने लाखौं लगानीकर्ताबाट शुल्क लिन नहुने लगानीकर्ताको तर्क छ ।

अगुवा लगानीकर्ता छोटेलाल रौनियारले पछिल्लो समय बाँडफाँटमा शेयर पाउने लगानीकर्ताबाट भन्दा नपाउनेबाट आस्बा शुल्क बढी संकलन भएको बताए । उनले हालै भएको इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँटको उदाहरण दिँदै उक्त कम्पनीको शेयर पाउनेभन्दा नपाउने आवेदकले बढी आस्बा शुल्क तिरेको बताए । उनको अनुमानमा उक्त कम्पनीको शेयर नपाउने १२ लाख ९५ हजारभन्दा बढी आवेदकले ६४ लाख ७५ हजार रुपैयाँ आस्बा शुल्क तिरेका छन् । शेयर पाउने ६२ हजार ५ सय १९ जनाबाट ३ लाख १२ हजार रुपैयाँभन्दा केही बढी मात्र आस्बा शुल्क संकलन भएको छ । यसरी हेर्दा शेयर नै नपाउने लाखौं लगानीकर्ताबाट आस्बा सदस्यले लाखौं रकम असुल गर्नु अन्याय हुने रौनियारको तर्क छ । यो खबर आजको आर्थिक अभियानमा प्रजिता बुढाथोकीले लेखेकी छिन् ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - ०६:५८:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology