Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सिन्धुली–२ मा माओवादी केन्द्रका उम्मेदवार दाहाल विजयी

सिन्धुली–२ मा माओवादी केन्द्रका उम्मेदवार दाहाल विजयी

दैनिकी न्यूज

७, मंसिर २०७९
सिन्धुली–२ मा माओवादी केन्द्रका उम्मेदवार दाहाल विजयी
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ ।

सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् ।

माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का मनोज जंग थापाले २१ हजार ६८७ मत ल्याए ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १ हजार ५५३, राप्रपाका भिष्मराज श्रेष्ठले १ हजार ३४० मत ल्याएका छन् ।

प्रदेशमा सत्तागठबन्धमा उम्मेदवार विजयी

सिन्धुलीको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (ख) मा माओवादी केन्द्रका गंगानारायण श्रेष्ठको विजयी भएका छन्। श्रेष्ठले १३ हजार १ मत पाउँदा नेकपा ९एमाले० का रामकुमार पौडेलले ९ हजार ७८९ मत प्राप्त गरेका छन्। श्रेष्ठका प्रतिस्पर्धी पौडेल दुई महिनाअघि मात्र माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका थिए। बाबुराम भट्टराईको समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेका श्रेष्ठ माओवादीको चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचनमा भाग लिएका थिए।

त्यस्तै प्रदेश सभा २ (क) मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन १६ हजार ८३५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विनोद कुमार खड्काको मत ११ हजार ६३३ छ ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - १२:१६:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology