काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नं. २ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोब्बर बढी मत ल्याएर विजयी भएका छन् । दाहालले २६ हजार १ सय १ मत प्राप्त गर्दै विजयी भएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटीलाई हराउँदै दाहाल विजयी भएका हुन् । बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत ल्याए भने एमालेका अब्दुस मिँयाले ७ हजार ३ सय ९२ मत प्राप्त गरेका छन् ।