Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दोलखाका १० मतदान केन्द्रमा पुनः निर्वाचन हुने

दोलखाका १० मतदान केन्द्रमा पुनः निर्वाचन हुने

दैनिकी न्यूज

१२, मंसिर २०७९
दोलखाका १० मतदान केन्द्रमा पुनः निर्वाचन हुने
images

दोलखा । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते रोकिएका मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बसेको बैठकले मंसिर १५ गतेभित्र १० वटा मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको हो ।

आयोगले पुनः मतदानका लागि दोलखाका विभिन्न १० वटा मतदान केन्द्रसमेत सिफारिस गरेको छ । दोलखाको वैत्यश्वर गाउँपालिका वडा नम्बर ६ स्थित वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ स्थित जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका वडा नम्बर ३ स्थित हेल्थ पोस्ट भवन क र ख, वडा नम्बर ३ स्थित कालीढुंगा मावि क, ख, ग मा मतदान हुने आयोगले जनाएको छ ।

1.jpg

images
प्रकाशित मिति :मंसिर १२, २०७९ सोमवार - ०८:०३:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology