Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपाल एसबिआई बैंकले प्रस्ताव गर्यो लाभांश

नेपाल एसबिआई बैंकले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

१३, मंसिर २०७९
नेपाल एसबिआई बैंकले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ७.५३ प्रतिशत नगद लाभांश गरि कुल १०।५३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार रहेको छ । 

images
प्रकाशित मिति :मंसिर १३, २०७९ मंगलवार - ११:४३:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology