Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सेञ्चुरी कमर्सियल बैंकले घोषणा गर्यो लाभांश

सेञ्चुरी कमर्सियल बैंकले घोषणा गर्यो लाभांश

दैनिकी न्यूज

१५, मंसिर २०७९
सेञ्चुरी कमर्सियल बैंकले घोषणा गर्यो लाभांश
images

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । जस मध्ये ४ दशमलव ७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२५ प्रतिशत नगद लाभांश रहेको छ ।

बैंकले २०७९ आषाढ मसान्तमा कायम चुक्ता पुँजी नौ अर्व पचपन्न करोड उनान्चालिस लाख नौ हजार एक सय अन्ठानब्बे रुपैयाँ उनान्नब्बे पैसाको ४.७५ प्रतिशतले हुन आउने पैंतालीस करोड अड्तीस लाख दश हजार छ सय छयासी रुपैयाँ पञ्चानब्बे पैसा बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०।२५५ ले हुन आउने दुई करोड अड्तीस लाख चौरासी हजार सात सय त्रिहत्तर रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात लगानीकर्तामा वितरण हुनेछ। 

images
प्रकाशित मिति :मंसिर १५, २०७९ बिहिवार - १०:५०:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology