Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अर्थतन्त्र थप जटिलतातिर उन्मुखः राष्ट्र बैंक

अर्थतन्त्र थप जटिलतातिर उन्मुखः राष्ट्र बैंक

दैनिकी न्यूज

१७, मंसिर २०७९
अर्थतन्त्र थप जटिलतातिर उन्मुखः राष्ट्र बैंक
images

काठमाडौं । अर्थतन्त्रको आन्तरिक पक्षमा सन्तुलन बिग्रिएको भन्दै निजी क्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरिरहेका बेला एक सरकारी अध्ययनले पनि अर्थतन्त्र थप जटिलतातिर उन्मुख भएको देखाएको छ । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार अर्थतन्त्र लतातिर उन्मुख भएकाले मूल्यवृद्धि अझै बढ्ने देखिएको छ । बजारमा महँगी बढ्दा त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ ।

चालु आर्थिक वर्ष २०७९–८० मा मूल्यवृद्धि करिब ७ प्रतिशतभन्दा तल राख्ने सरकारको लक्ष्य छ । बोर्डर लाइन क्रस गरिसकेको अवस्थामा मुद्रास्फीति अझै बढेर जाने देखिएको छ । राष्ट्र बैंकले आगामी तीन महिनापछि मुद्रास्फीति दर १० प्रतिशत पुग्ने अनुमान गरिएको छ । एक वर्षपछि अपेक्षित मुद्रास्फीति दर १२ प्रतिशत हुने राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले मुद्रास्फीति बढ्ने अनुमान गरिएको जानकारी दिए । आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - ०६:२६:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology