काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकार गठनको विषयमा सबै विकल्पमा खुला रहने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा खुला गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए।
सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय भएको उनले बताए।
'अहिलेको गठबन्धन नतोड्ने तर सरकार निर्माणमा अन्य दलसँग पनि छलफल गर्ने विकल्पमा खुला रहने निर्णय छ,' महराले भने।
पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे बोलाइएको छ।