Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय

ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय

दैनिकी न्यूज

१८, मंसिर २०७९
ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय
images

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फको नतिजा लगभग आइसकेकाले सबैको ध्यान समानुपातिकतर्फको मतगणनामा केन्द्रित भएको छ । पाँच वर्षअघिको चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो स्थानमा रहेको एमाले यसपटक समग्रमा दोस्रो स्थानमा पुगेको छ । समानुपातिकतर्फ भने एमाले पहिलो स्थानमा छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड साढे ४ लाखभन्दा बढी मत गणना सकिँदा एमाले पहिलो स्थानमै रहे पनि २०७४ सालको तुलनामा अहिले ऊ खुम्चिएको छ । अघिल्लो चुनावमा प्रतिनिधिसभा समानुपातिकतर्फ ३३.२४ प्रतिशत समानुपातिक मत पाएको एमालेले यसपटक शनिबार बेलुकीसम्मको मतगणना हेर्दा २६.७५ प्रतिशत मात्रै प्राप्त गरेको छ । अघिल्लो चुनावको तुलनामा यसपटक करिब ६.४९ प्रतिशत कम मत उसले पाएको छ । त्यसैगरी प्रतिनिधिसभा प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेको कांग्रेसले पनि अघिल्लो चुनावको तुलनामा यसपटक प्रतिनिनिधिसभा समानुपातिकतर्फ मत गुमाएको छ । अघिल्लो चुनावमा ३२.७७ प्रतिशत मत प्राप्त गरेको कांग्रेसले यसपटक २५.४९ प्रतिशत मत पाएको छ । कांग्रेसले अघिल्लो चुनावको तुलनामा यसपटक समानुपातिकतर्फ ७.२८ प्रतिशत मत गुमाएको हो । यो समाचार नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :मंसिर १८, २०७९ आइतवार - ०७:०७:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology