Logo

आइतवार, श्रावण २४ गते २०८३

images

राष्ट्र बैंकले आज १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

राष्ट्र बैंकले आज १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

दैनिकी न्यूज

१९, मंसिर २०७९
राष्ट्र बैंकले आज १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) १९ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ४ अर्ब २६ करोड रुपैयाँ र १८२ दिन अवधिको १०अर्ब रुपैयाँ गरी कुल १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी आगामी पुसर १९ गते परिपक्व हुनेछ । ९१ दिन अवधिको ट्रेजरी फागुन २३ गते र १८२ दिन अवधिको ट्रेजरी २०८० जेठ २३ गते परिपक्व हुनेछ ।

यसअघि बैंकले १६ अर्ब ६३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ अवधिको ३ अर्ब १३ करोड रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब ५० करोड गरी कुल १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

images
प्रकाशित मिति :मंसिर १९, २०७९ सोमवार - ११:४४:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology