Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक

दैनिकी न्यूज

१९, मंसिर २०७९
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक
images

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक भएको छ । सोमवार बिहान दोलखा–१ को नतिजा सार्वजनिक भएसँगै प्रतिनिधिसभाको प्रत्यक्षतर्फका सबै निर्वाचन क्षेत्रका नतिजा आएको हो, जस अनुसार प्रनिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सर्वाधिक ५७ सिटमा जित निकालेको छ ।

यस्तै, नेकपा (एमाले) ले ४४, नेकपा (माओवादी केन्द्र) ले १८, नेकपा (एकीकृत समाजवादी) ले १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालले ७–७ सिट जितेका छन् ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टी, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन् ।

प्रत्यक्ष निर्वाचनतर्फको मतगणना सकिँदा समानुपातिक निर्वाचनतर्फको मतगणना भने जारी छ । विवादका कारण ढिलो गरी मतगणना भएका बाजुरा–१, स्याङ्जा–२ र दोलखा–१ क्षेत्रमा मतगणना हुन बाँकी छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०७९ सोमवार - १४:२३:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology