Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एचआईडिसीएलको लाभांश घोषणा

एचआईडिसीएलको लाभांश घोषणा

दैनिकी न्यूज

२९, मंसिर २०७९
एचआईडिसीएलको लाभांश घोषणा
images

काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले पुस २६ गते साधारणसभा बोलाएको छ भने साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

images
प्रकाशित मिति :मंसिर २९, २०७९ बिहिवार - १९:३९:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology