Logo

आइतवार, श्रावण २४ गते २०८३

images

फरवार्ड माइक्रोफाइनान्सले प्रस्ताव गर्यो लाभांश, बोनस कति ?

फरवार्ड माइक्रोफाइनान्सले प्रस्ताव गर्यो लाभांश, बोनस कति ?

दैनिकी न्यूज

४, पौष २०७९
फरवार्ड माइक्रोफाइनान्सले प्रस्ताव गर्यो लाभांश, बोनस कति ?
images

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८–७९ सम्मको वितरणका लागि उपलब्ध मुनाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुन आउने २१ करोड ११ लाख १२ हजार ७४६ रुपैयाँ ८८ पैसा बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले हुन आउने ४ करोड २२ लाख २२ हजार ५४९ रुपैयाँ ३७ पैसा बराबरको नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। 

images
प्रकाशित मिति :पौष ४, २०७९ सोमवार - १०:४२:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology