Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

दैनिकी न्यूज

६, पौष २०७९
कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी
images

काठमाडौं । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चुनिएका छन्।

बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवा ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्।

उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री एवं काठमाडौं–४ का सांसद गगन थापाले २५ मत पाए।

कांग्रेस संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका थिए।

images
प्रकाशित मिति :पौष ६, २०७९ बुधवार - ११:१४:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology