Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बालकोट ओली भेट्न पुगे प्रचण्ड

बालकोट ओली भेट्न पुगे प्रचण्ड

दैनिकी न्यूज

१०, पौष २०७९
बालकोट ओली भेट्न पुगे प्रचण्ड
images

काठमाडौं । सत्तागठबन्धनमा सहमति नजुटेपछि बालुवाटार बैठक छाडेर हिँडेका नेकपमा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन्। कांग्रेस पहिलो कार्यकाल प्रधानमन्त्री छाड्न तयार नभएपछि प्रचण्ड ओलीनिवास बालकोट पुगेका हुन्।

दुई नेताबीचको छलफल सुरु भएको छ। छलफलमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल तथा माओवादी केन्द्रका महासचिव देव गुरुङ सहभागी छन्।

बैठकमा जनता समाजवादी पार्टीका अशोक राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने ओलीसँग छुट्टै छलफल गरेर बालकोटबाट निस्किसकेका छन्।

यसवीच शेरबहादुर देउवाले फोन गरेर फेरि छलफल गर्न बोलाउँदा प्रचण्डले इन्कार गरेका छन् ।

images
प्रकाशित मिति :पौष १०, २०७९ आइतवार - १४:५०:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology