काठमाडौं । सहकारीको तथ्यांक राख्न बनाइएको सहकारी तथा गरीबी निवारण सूचना प्रणाली (कोपोमिस) मार्फत विवरण बुझाउने संस्थाको संख्या १३ हजार नाघेको छ । करचुक्ताको प्रमाणपत्र लिन, मालपोत कार्यालयमा धितो रोक्का राख्न र विभाग तथा प्रशिक्षण केन्द्रबाट सेवा लिन सहकारीले कोपोमिसमा विवरण राखेको हुनुपर्ने अनिवार्य भएपछि आबद्ध हुने बढेका हुन् । संघीय सहकारी विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पुससम्ममा कोपोमिस सञ्चालन गर्नका लागि पासवर्ड लिएका संस्थाको संख्या २८ हजार ७४२ पुगेको छ । त्यसमध्ये १३ हजार १५६ सहकारीले मात्रै समष्टिगत विवरण भरेका छन् । त्यस्तै कम्तीमा एकपटक कोपोमिसमा लगइन गर्ने संस्थाको संख्या १७ हजार २३६ छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा ६ हजार ६७८ सहकारी मात्र कोपोमिसमा आबद्ध थिए । हाल देशभर ३० हजारभन्दा बढी सहकारी सञ्चालनमा छन् ।
यो खबर आजको आर्थिक अभियानमा छापिएको छ ।