Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भ्रष्टहरुको क्रिडास्थल नेपाल, एकै दिन ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भ्रष्टहरुको क्रिडास्थल नेपाल, एकै दिन ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दैनिकी न्यूज

९, फाल्गुण २०७९
भ्रष्टहरुको क्रिडास्थल नेपाल, एकै दिन ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न जिल्ला र निकायमा भ्रष्टाचार भएको पाइएपछि आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सोमबार बाजुरा, काँडागाउँ विकास समितिमा पर्यटन विकास प्रवद्र्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निकासा भएको रकममा अनियमितता गरेको आरोपमा पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दीपकबहादुर बुढाथोकी, तत्कालीन सब–इन्जिनियर ललनकुमार मण्डल र खप्तड क्षेत्र पर्यटन विकास समितिका तत्कालीन सब–इन्जिनियर दीपेश महताराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कार्यकारी निर्देशक र इन्जिनियरको बदनियत
यसैगरी, खप्तड लसके खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रावत र सचिव वीरबहादुर बुढाविरुद्ध पनि सोमबार नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

योजनाको निर्माण कार्यमा खप्तड क्षेत्र पर्यटन विकास समिति, डोटीसँग भएको सम्झौताको सर्त पालना नगरी वास्तविक रूपमा फिल्डमा नभएको कार्यलाई समेत नापी किताबमा चढाउन लगाई सो नापी किताब, ठेक्का बिललगायतका कागजात गैरकानुनी लाभ लिने बदनियतले खप्तड पर्यटन विकास समितिमा पेस गरी भुक्तानी लिई १ लाख ५६ हजार ५ सय ५३ हानि पु¥याएको अख्तियारको अनुसन्धानले देखाएको छ ।

लसके खानेपानी योजना निर्माण कार्यको फिल्डमा भएको खुद कामभन्दा बढी परिमाण देखाई झुट्टा नापी किताब, ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको तथा निर्धारित सर्त तथा मापदण्डविपरीत भएको निर्माणलाई सर्त तथा मापदण्डबमोजिम भएको हो भनी सिफारिस गरेकाले त्यसरी सिफारिस गर्ने बुढाथोकी, मण्डल र महताराको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) अनुसारको कसुर देखिएकाले सोहीअनुसारको बिगो दाबी माग गरिएको हो ।

साथै खप्तड लसके खानेपानी योजनाको अनुगमन समितिका संयोजक ज्ञानबहादुर शाहीले फिल्डमा सम्झौताबमोजिम निर्माण कार्य सम्पन्न नभए तापनि सम्झौताबमोजिम सम्पन्न भएको भनी निजले अनुगमन गरी गलत सिफारिस गरेको हुँदा निजविरुद्ध पनि भ्रष्टाचारमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । आजको राजधानी दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण ९, २०७९ मंगलवार - ०७:४६:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology