Logo

आइतवार, श्रावण २४ गते २०८३

images

होलीलाई लक्षित गरेर ललितपुरमा १ हजार ७०० प्रहरी परिचालन गरिने

होलीलाई लक्षित गरेर ललितपुरमा १ हजार ७०० प्रहरी परिचालन गरिने

दैनिकी न्यूज

२२, फाल्गुण २०७९
होलीलाई लक्षित गरेर ललितपुरमा १ हजार ७०० प्रहरी परिचालन गरिने
images

ललितपुर । होलीलाई लक्षित गरी ललितपुर जिल्ला भित्र १ हजार ७०० जना प्रहरी परिचालन गरिने भएको छ ।

विशेष सुरक्षा योजना बनाएर जिल्ला प्रहरी परीसरबाट १ हजार ७०० जना प्रहरी परिचालन गरिने ललितपुरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिएका हुन् । धार्मिक तथा सांस्कृतिक पर्व फागु पूर्णिमा तथा होलीलाई सभ्य र भब्यताका साथ मनाउन शान्तिसुरक्षा, अमनचयन कायम राख्न ललितपुर जिल्ला भित्र १७०० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उनले होली पर्वलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको बताए । होलीकै दिनमा जिल्लामा विभिन्न आपराधिक घटना घट्न सक्ने भएकाले शान्ति सुरक्षामा कुनै कमी आउन नदिन प्रहरी कर्मचारीलाई उच्च सतर्कता राख्दै विशेष सुरक्षा योजना परिचालन गरिने उनले जानकारी दिए ।

उनले भने, ‘उच्चश्रृंखल गतिविधि गर्ने, इच्छाविपरीत लोला हान्ने, रङ दल्नेमाथि निगरानी तथा नियन्त्रण गर्न सादा पोशाकका प्रहरीसहित मोबाइल भ्यान, पिकेट, पैदल कस्ती, क्युआरटी, सिआरभि, क्विक रेस्पोन्ट टिम लगायतको टिम पनि परिचालन गरिने छ ।’
होलीका नाममा होहल्ला गर्ने, जबर्जस्ती रङ दल्ने, लोला हान्ने जस्ता क्रियाकलाप गरिए नियन्त्रणमा लिएर कारबाही गरिने बताउँदै त्यसरी जबरजस्ती रङ दल्नेलाई कानूनी कारवाही गर्ने जानकारी दिए ।

उनले ट्राफिक प्रहरीले पनि मापसे चेक गर्ने, ट्राफिक नियमविपरीत सवारी चलाएको हेलमेट नलगाई तथा ३ जना सवारी चलाएको जस्ता क्रियाकलाप नियन्त्रण गर्ने पनि जनाए ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७९ सोमवार - १०:२४:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology