Logo

सोमवार, श्रावण २५ गते २०८३

images

रामप्रसादले ल्याए जन्मभुमि नबिर्सनु है !

रामप्रसादले ल्याए जन्मभुमि नबिर्सनु है !

दैनिकी न्यूज

२, जेठ २०८०
रामप्रसादले ल्याए जन्मभुमि नबिर्सनु है !
images

काठमाडौं । लोकदोहोरी गायक रामप्रसाद पौडेलले स्वदेशमा रोजगार नपाएर विदेश पलायन हुन बाध्य भएकाहरुको कथामा आधारित मौलिक लोकगीत जन्मभुमि नबिर्सनु है!!! ल्याएका छन् । आफ्नै लय–शब्दमा रचेको मौलिक भाकाको गीत पौडेलले आफ्नै युट्युब आइडीमार्फत् शनिबार सार्वजनिक गरेका हुन् ।

स्वदेशमा रोजगारी नपाएको, देश बनाउने नेताहरु जिम्मेवार नभएको र साहुँको ऋण तिर्न नसकेर आम युवाहरु विदेश जान बाध्य भएको दर्दनाक पीडालाई गीतमा समेटिएको छ । विदेश जान त मन छैन तर स्वदेशमा रोजगारै नपाएपछि विदेशीन बाध्य भएकाहरुको वास्तविक पीडाले गीतलाई मार्मिक र यथार्थपरक बनाएको छ । जन्मभुमी नबिर्सनु है, बाउआमालाई नविर्सनु है।।। बोलको उक्त गीत भिडियोमा पनि स्वदेशमा कतै रोजगार नपाएपछि विदेश जान बाध्य भएको, गाउँमा मलासी जाने समेत मान्छे नभएको, साहुँको ऋणले सताएको, छोराछोरीलाई पढाउन नसकेको, रोजगार नपाएपछि साँझ विहान हातमुख जोर्न कठिन भएको परिस्थितिलाई चित्रण गरिएको छ ।

साथै यो गीत विदेशमा गएका नेपालीलाई नेपाल फर्काउने र देशकै केहि गर्नुपर्छ भनेर सम्झाउने गीत पनि हो । गीतमा विदेश जुनसुकै उद्देश्यले गएपनि अन्ततः जन्मभुमी र बाउआमालाई नभूल्न है भनेर आग्रह गरिएको छ । कोहि गरिबीले, कोही रहर र कोहि परिस्थिति जुनसुकै अवस्थाले विदेश गएतापनि आफू जन्मिएको देश र आमा बुबालाई नभुल्न गीतमार्फत् पौडेलले अनुरोध गरेका छन् ।

विदेशमा रहेका नेपालीहरूमा मातृभुमिप्रतिको माया बढाउन, स्वदेशमै रोजगारी अवसर सिर्जना गर्न, नेताहरूलाई जिम्मेवार भएर देश विकासमा लाग्नलगायत सन्देश गीतमा दिन खोजिएको छ । स्वदेशमै रोजगारी सिर्जना गर्न, देश बनाउने युवाहरुलाई विदेश पलायनबाट रोक्न र नेताहरुलाई जिम्मेवार हुन गीतमा भनिएको छ ।

images
प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - ०६:००:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology