ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. १ बाहुनधारा, इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।
शनिबार बिहान ५ः१५ बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो।
प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार बसमा २४ जना सवार थिए।
६ जनाको अवस्था सामान्य रहेको घाइते भएका १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी हस्पिटल पुर्याइएको जानकारी दिए।
प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ । बस करिब १० मिटर घिस्रिएको छ ।
घाइतेहरूको उपचार भइरहेको छ ।
तस्विर पुर्ण प्रसाद श्रेष्ठको फेसबुक वालबाट