Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गोदावरी नगरपालिकाका मेयर महर्जनलाई नेपाल स्काउटको सम्मान

गोदावरी नगरपालिकाका मेयर महर्जनलाई नेपाल स्काउटको सम्मान

देवीदत्त पौडेल

५, आषाढ २०८०
गोदावरी नगरपालिकाका मेयर महर्जनलाई नेपाल स्काउटको सम्मान
images

ललितपुर । गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनलाई नेपाल स्काउटले सम्मान गरेको छ । स्काउटको ७२ औँ स्थापना दिवसको अवसरमा महर्जनलाई कदर पत्र प्रदान गरेर सम्मान गरेको हो ।

स्काउटको स्थानीय पालिकाको संरक्षकको हैसियतमा स्काउटको वृद्धी, विकास र विस्तारका लागि महत्वपूर्ण योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको स्काउटले जनाएको छ ।

स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले उक्त कदर पत्र प्रदान गरेका हुन् ।

महर्जनले नगरपालिकाभित्रका सामुदायिक विद्यालयका स्काउट पढाउने शिक्षकलाई पारिश्रमिकको व्यवस्था गर्ने प्रतिबद्धता गरेका छन् । उनले नगरपालिकामै स्काउटको कार्यालय स्थापना गरेर गतिविधि संचालन गराउँदै आएका छन् ।

त्यसैगरी सामुदायिक विद्यालयका विद्यार्थीलाई स्काउटको पोषाक वितरण गर्दै आएका छन् । सबै विद्यालयमा स्काउट शिक्षा अनिवार्य गराउने उनको लक्ष्य छ ।

images
प्रकाशित मिति :आषाढ ५, २०८० मंगलवार - २०:४६:३२ बजे

 

देवीदत्त पौडेल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology