Logo

सोमवार, श्रावण २५ गते २०८३

images

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

दैनिकी न्यूज

१०, आषाढ २०८०
दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु
images

दाङ । दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर दंगीशरण गाउँपालिका वडा नं. ६ बागरका ३२ बर्षीय समीर केसी र वडा नं. ३ चखौराका ३७ बर्षीय रामनारायण चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चट्याङ लागेर घाइते भएका उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

उनका अनुसार केसी घाँस काट्न गएको बेला र चौधरी बारीमा तरकारी टिप्न गएको बेला चट्याङ लागेको थियो । दुबैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका राखिएको छ ।

images
प्रकाशित मिति :आषाढ १०, २०८० आइतवार - ०८:४१:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology