Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

दैनिकी न्यूज

१०, आषाढ २०८०
दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु
images

दाङ । दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर दंगीशरण गाउँपालिका वडा नं. ६ बागरका ३२ बर्षीय समीर केसी र वडा नं. ३ चखौराका ३७ बर्षीय रामनारायण चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चट्याङ लागेर घाइते भएका उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

उनका अनुसार केसी घाँस काट्न गएको बेला र चौधरी बारीमा तरकारी टिप्न गएको बेला चट्याङ लागेको थियो । दुबैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका राखिएको छ ।

images
प्रकाशित मिति :आषाढ १०, २०८० आइतवार - ०८:४१:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology