Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरको बागडोलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

ललितपुरको बागडोलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

दैनिकी न्यूज

१०, आषाढ २०८०
ललितपुरको बागडोलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
images

ललितपुर । ललितपुरको ललितपुर महानगरपालिका वडा नं. ४ बागडोल आकाशेपुलस्थित सडकमा बागमती प्रदेश ०२–०४३ प ६१४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मकवानपुर भिमफेदी गाउँपालिका–२ घर भएका २२ वर्षीय सागर आलेमगरको शुक्रबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

यसबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १०, २०८० आइतवार - ०९:१५:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology