Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गोदावरी नगरपालिकाको बजेट दुई अर्व ३३ करोड

गोदावरी नगरपालिकाको बजेट दुई अर्व ३३ करोड

दैनिकी न्यूज

१०, आषाढ २०८०
गोदावरी नगरपालिकाको बजेट दुई अर्व ३३ करोड
images

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८०–०८१ का लागि दुई अर्व ३३ करोडको बार्षिक बजेट ल्याएको छ । उपप्रमुख मुना अधिकारीले आइतबारको नगरसभामा दुई अर्व ३३ करोड चार लाख ७५ हजार रुपैयाँको बार्षिक बजेट प्रस्तुत गरिन ।

गोदावरीले पूर्वाधार विकासमा ३५ करोड, शिक्षा क्षेत्रमा ५ करोड, स्वास्थ्यमा ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यस्तै, विपद व्यवस्थापन, खानेपानी, सम्पदा संरक्षण, दमकल खरिद, नगर वस सञ्चालन, खेलकुद तथा खेल पूर्वाधार निर्माण र वडा कार्यालय भवन निर्माणका लागि २र२ करोड बजेट छुट्याइएको छ ।

नगरपालिकाले कृषितर्फ १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको उपप्रमुख अधिकारीद्वारा प्रस्तुत वजेट तथा कार्यक्रममा उल्लेख छ । नगरका वडाहरुका लागि प्रति वडा १ करोड ५० लाख बजेट विनियोजन गरिएको उल्लेख छ ।

प्रस्तुत वार्षिक बजेट तथा कार्यक्रममा सडक बत्तीका लागि ३ करोड, फोहोर मैला व्यवस्थापन , तरकारी बजार सञ्चालन, स्वरोजगार कार्यक्रम, सिंचाइ, पर्यटकीय पदमार्ग निर्माण र सूचना प्रविधिका लागि १/१ करोड रुपैयाँ विनियोजन गरेको जनाइएको छ ।

नगरसभाका अध्यक्ष तथा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बज्रवाराही अस्पतालको भवन निर्माणसंगै अस्पताललाई सुविधा सम्पन्न बनाउने वताए ।

प्रमुख महर्जनले वडाहरुमा स्वास्थ शिविर र निशुल्क ओैषधि वितरण गर्ने कार्यक्रमहरु राख्ने, नगरवासीहरुलाई दीर्घरोग लाग्नबाट बचाउन विभिन्न कार्यहरु गर्ने, तरकारीको पकेट क्षेत्रका लागि बीउ वितरण गर्ने, महिला उद्यमी र किसानहरुलाई अनुदान तथा व्याज सहुलियत सहित ऋण कार्यक्रमहरु लागू गर्ने, धार्मिक पर्यटनलाई जोड दिने लगायतका कार्यहरुलाई प्राथमिकता दिने योजना रहेको वताए ।

images
प्रकाशित मिति :आषाढ १०, २०८० आइतवार - २०:५०:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology