काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । निगमले सोमबार राती १२ बजेदेखि लागु हुने गरि मूल्य घटाएको हो ।
निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल ÷ मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रति लिटर रु. ७.५० रुपैया, रू. ६ रुपैयाँ र रू. ५ रुपैयाँले घटाईएको छ । निगमका अनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगंज, भलवारी, नेपालगञ्ज र धनगढी पर्छन्। त्यस्तै दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ्ग पर्छन भने तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल पर्छन्।
साथै साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर रु. १४.०० तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलो लिटर अमेरिकी डलर ११५ (प्रति लिटर करिब रु. १५.००) ले घटाईएको निगमले जनाएको छ।
खाना पकाउने ग्यासको मूल्य भने स्थिर छ ।