Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बस दुर्घटनामा आठ जनाको मृत्यु

बस दुर्घटनामा आठ जनाको मृत्यु

दैनिकी न्यूज

६, भाद्र २०८०
बस दुर्घटनामा आठ जनाको मृत्यु
images

धादिङ । गजुरी गाउँपालिका वडा नं. २ चालिसेस्थित सडकमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल त्रिशुली नदीमा खसेर बुधबार बिहान दुर्घटना हुँदा बसमा सवारमध्ये म्याग्दी रघुगंगा गाउँपालिका-३ बस्ने ५० वर्षीय थान बहादुर भण्डारी समेत ८ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूमध्ये २ जनाको टिचिङ अस्पताल मलेखु र ६ जनाको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको छ भने अन्य १४ जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय धादिङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :भाद्र ६, २०८० बुधवार - १८:३०:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology