Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रुपकमान महर्जनको घोषणा

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रुपकमान महर्जनको घोषणा

दैनिकी न्यूज

५, आश्विन २०८०
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रुपकमान महर्जनको घोषणा
images

ललितपुर । ललितपुर उद्योग बाणिज्य संघको अध्यक्ष पदका लागि रुपकमान महर्जनले उम्मेदवारी घोषणा गरेका छन् । महर्जनले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । ललितपुर उद्योग बाणिज्य संघको ४४ औं साधारण सभा यही असोज १९ र २० गते हुँदैछ । महर्जन संघका महासचिव हुन् ।

संघको महासचिव जिम्मेवारी उत्कृष्ट रूपमा भूमिका निर्वाह गरिरहेका महर्जनले समाज कल्याणका लागि अध्यक्ष पदमा दाबी गरेको बताए ।

डेढ दशकदेखि संघको विभिन्न पदमा रहेर उद्योग व्यवसायीहरूको समस्यामा साथ दिँदै आइरहेका मर्हजन ललितपुर खाद्य व्यापार संघको अध्यक्षसमेत हुन् ।

‘समाजको सेवा गर्न र समस्यामा परेकाहरूलाई सहयोग गर्नका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ’ अध्यक्ष पदमा उम्मेदवारी दिनुको कारण खुलाउँदै, ‘विगतमा संघको विभिन्न पदमा रहेर उद्योगी साथीहरूसँग कुममाकुम मिलाएर साथ दिएँ। अगामी दिनहरू पनि यसैगरी उहाँहरूको हौसला बढाइरहने छु।’

साढे पाँच दशकको गौरवमय इतिहास बोकेको यस व्यवसायिक संगठनले वर्तमान चुनैतीहरूको सामना गर्दै सानादेखि ठूला सबै व्यवसायीहरुको हक हितको लागि आवाज उठाउँदै आइरहेको छ । व्यवसायी मैत्री वातावरण निर्माणको नेतृत्व गर्न सक्ने सक्षम नेतृत्वको खोजी गरिरहेको संघलाई आफूले सम्हाल्ने सक्ने क्षमता भएको उनको विश्वास छ।

‘मलाई मलगायत मेरा साथीहरूमाथि पूर्ण विश्वास छ कि हामीले उद्योगीहरूको समस्या समाधान गरेर अगाडि बढ्ने छौं । विगतका दिनहरूमा हाम्रा मतदाताहरूले आफ्नो बहुमूल्य मत दिएर हामीलाई जिताउनुभएको थियो । यस पटक पनि उहाँहरू विश्वास गरेर हामीलाई जिताउनुहुन्छ भन्ने कुरामा विश्वास छौं’, पत्रकार सम्मेलनमा उनले भनेका थिए।

आउँदो असोज १९ गते ललितपुरको शंखमूलस्थित यल दरबारमा संघको साधारणसभा र २० गते स्टाफ कलेज, जावलाखेलमा निर्वाचन हुँदैछ।

यसअघि संघका पूर्व वरिष्ठ उपाध्यक्ष रविन्द्रराज ताम्रकारले भदौ १२ गते पत्रकार सम्मेलन गरी अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका थिए ।

यो पनि पढ्नुहोस

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

images
प्रकाशित मिति :आश्विन ५, २०८० शुक्रवार - ०८:३७:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology