Logo

आइतवार, श्रावण २४ गते २०८३

images

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा धादिङबाट गुरुङ पक्राउ

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा धादिङबाट गुरुङ पक्राउ

दैनिकी न्यूज

१३, आश्विन २०८०
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा धादिङबाट गुरुङ पक्राउ
images

धादिङ । धादिङ जिल्लाको नेत्रावती गाउँपालिका वडा नं. ४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय मंगल गुरूङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुकमाया आफ्नै घर नजिक सडकमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानको क्रममा मंगलको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा पुरानो रिसइवी तथा बाख्राले बाली खाएको विषयलाई लिएर खुर्पा प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।

मंगल गुरुङले सुकुमाया गुरुङको आफूले हत्या गरेको भन्दै उनको दिदीलाई सुनाएका थिए । उनको दिदीले उक्त घटना गाउँका अरुलाई सुनाएपछि सो बारेको सूचना प्रहरीमा आएको थियो । घटनास्थलमा घरछिमेकी आए पनि मंगल आएका थिएन । प्रहरीलाई मंगलप्रति शंका लागेपछि खोजी गर्दा गोठमा लुगि बसेको अवस्थमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक मिश्रको भनाई छ ।

images
प्रकाशित मिति :आश्विन १३, २०८० शनिवार - १८:४७:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology