Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज प्रतिनिधिसभा बैठक बस्दै, विद्यालय शिक्षा विधेयक पेस गरिने

आज प्रतिनिधिसभा बैठक बस्दै, विद्यालय शिक्षा विधेयक पेस गरिने

दैनिकी न्यूज

१४, आश्विन २०८०
आज प्रतिनिधिसभा बैठक बस्दै, विद्यालय शिक्षा विधेयक पेस गरिने
images

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आइतबार दिउँसो १ बजेका संघीय संसदको प्रतिनिधि सभाको बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

आजको बैठकमा शिक्षा विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेमकिपाका सांसद प्रेम सुवालको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिने छ।

त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची छ।

बैठकको सुरुमै सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ।

त्यसैगरी सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पनि पढेर सुनाउने कार्यसूची छ।

images
प्रकाशित मिति :आश्विन १४, २०८० आइतवार - ०८:२६:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology