काठमाडौं । सुनको भाउमा लगातार आइरहेको गिरावटमा ब्रेक लागेको छ। सुनको भाउ लगातार ७ दिन घटेपछि आज (बुधबार) बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो (मंगलबार) सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १३ सय १० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३० रुपैयाँले घटेर चाँदी १३ सय १० रुपैयाँमा किनबेच भएको थियो।