Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सहकारीको पैसा घरजग्गामा लगानी, व्यापार खस्किएपछि देउराली सहकारीमा आर्थिक संकट

सहकारीको पैसा घरजग्गामा लगानी, व्यापार खस्किएपछि देउराली सहकारीमा आर्थिक संकट

दैनिकी न्यूज

१३, कार्तिक २०८०
सहकारीको पैसा घरजग्गामा लगानी, व्यापार खस्किएपछि देउराली सहकारीमा आर्थिक संकट
images

काठमाडौं । २० हजार निक्षेपकर्तालाई ठगी गरेको मुद्दामा हिरासतमा रहेका देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको टोयोटा फर्चुनर गाडी पनि प्रहरीले बरामद गरेको छ । निक्षेपकर्ताबाट ठगी गरेकै पैसाबाट उनले साढे दुई करोडको उक्त गाडी खरिद गरेर चढ्ने गरेका थिए ।

उनले प्रयोग गर्दै आएको गाडी विगतमा मिटरब्याजको आरोपमा पक्राउ परेका गणेश उप्रेतीसँग साढे दुई करोड रुपैयाँमा खरिद गरेको अनुसन्धानमा खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को थुनामा रहेका चौलागाईंले सहकारीको पैसा हिनामिना गरी जोडेको व्यक्तिगत सम्पत्तिमाथि पनि प्रहरीले रोक्का राखी अनुसन्धान गरिरहेको छ । उनले विभिन्न कम्पनीको नाममा करिब सय रोपनी जग्गा खरिद गरेका थिए । त्यो सम्पत्ति रोक्का गरिएको सिआइबीले जनाएको छ ।

काभ्रेको चौरी–देउराली स्थायी घर भएका चौलागाईंलाई सिआइबीले गत १६ असोजमा पक्राउ गरेको थियो । उनीमाथि सहकारी ठगीका साथै संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । सिआइबीले आइतबार संस्थाका थप दुईजनालाई पनि पक्राउ गरेको छ ।

व्यवस्थापक दीपक केसी तथा कर्जा समिति संयोजक राजेन्द्र खत्रीलाई पक्राउ गरेको हो । खत्री चौलागाईंकै आफन्त हुन् । सञ्चालक समिति र कर्मचारीलाई प्रभावमा पारेर चौलागाईंले सहकारीमा संगठित रूपमा ठगी गरेको आधारमा सिआइबीले संगठित अपराधको कसुरमा अनुसन्धान थालेको छ । संगठित अपराधमा अभियुक्तलाई प्रहरीले ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । सो ठगीमा धेरैजनाको मिलेमतो रहेको प्रहरी अधिकारी बताउँछन् ।

ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउरालीको काठमाडौं न्युरोड र भक्तपुर सूर्यविनायकमा शाखा कार्यालय छन् । जहाँ कम्तीमा २० हजार सर्वसाधारणको करिब दुई अर्ब फसेको र पीडितहरूबाट जाहेरी आउने क्रम जारी रहेको सिआइबीले जनाएको छ ।

देउराली सहकारीमा समस्या सुरु भएको दुई वर्ष भइसकेको छ । सहकारीका अध्यक्ष चौलागाईंविरुद्ध गत वर्षदेखि नै ललितपुर प्रहरीमा उजुरी परे पनि प्रहरीले सकेसम्म मिलाउने प्रयास गरेको थियो । चौलागाईंले ठूला निक्षेपकर्तालाई आफ्नो कम्पनीमा रहेको जग्गा दिने आश्वासनमा फकाउँदै आएका थिए । तर, लामो समयसम्म पनि समस्या समाधान नभएपछि बागमती प्रदेशको उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयले कारबाहीका लागि सिआइबीलाई पत्राचार गरेको थियो । फरार रहँदै आएका चौलागाईंलाई प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

चौलागाईंमाथि संगठित अपराध कसुरमा अनुसन्धान
सञ्चालक समिति र कर्मचारीलाई प्रभावमा पारेर अध्यक्ष रवीन्द्र चौलागाईंले देउराली सहकारीमा संगठित रूपमा ठगी गरेको निष्कर्षसहित सिआइबीले संगठित अपराधको कसुरमा अनुसन्धान थालेको छ । संगठित अपराधमा अभियुक्तलाई प्रहरीले ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । सो ठगीमा धेरैजनाको मिलेमतो रहेको प्रहरी अधिकारी बताउँछन् । सिआइबीले आइतबार संस्थाका थप दुईजनालाई पनि पक्राउ गरेको छ ।

व्यवस्थापक दीपक केसी तथा कर्जा समिति संयोजक राजेन्द्र खत्रीलाई पक्राउ गरेको हो । खत्री चौलागाईंकै आफन्त हुन् । काभ्रेको चौरी–देउराली स्थायी घर भएका चौलागाईंलाई सिआइबीले गत १६ असोजमा पक्राउ गरेको थियो । उनीमाथि सहकारी ठगीका साथै संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । नयाँ पत्रिका दैनिकबाट

images
प्रकाशित मिति :कार्तिक १३, २०८० सोमवार - ०७:०८:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology