Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भूकम्प प्रभावित जिल्लाका स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न निर्देशन

भूकम्प प्रभावित जिल्लाका स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न निर्देशन

दैनिकी न्यूज

१८, कार्तिक २०८०
भूकम्प प्रभावित जिल्लाका स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न निर्देशन
images

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ। सामान्य प्रशासन मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरू बिदामा भएमा यथाशिघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनुहुन र तत्काल बिदामा नरहन हुन समेत निर्देशन दिएको हो।

सहसचिवले लिएको विज्ञप्तिमा भनिएको छ, ‘भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरु बिदामा भएमा यथाशिघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनुहुन र तत्काल बिदामा नरहन हुन समेत निर्देशन गरिएको छ।'

मन्त्रालयले खोजी तथा पहिचान, घाइतेहरुको राहत तथा उद्दार, स्वास्थ्य उपचारसहित अन्य सबै पक्षहरुको व्यपस्थापनमा प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पुऱ्याउन कर्मचारीलाई अनुरोध गरेको छ।

मिति २०८० कार्तिक १७ गतेका दिन राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका वडा नं १ रामीडाँडा केन्द्रविन्दु बनाई आएको ६.४ रेक्टर स्केलको भूकम्प बाट जाजरकोट, रुकुम पश्चिम र सल्यान सहित जिल्लाका क्षेत्रमा धेरै जनधनको क्षति भएको छ।

mantralaya_32dUw2uMP9.jpg

images
प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - १५:२०:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology