Logo

सोमवार, श्रावण २५ गते २०८३

images

विभिन्न जिल्लामा राखिएको चियापान कार्यक्रम स्थगन गर्न एमालेको निर्देशन

विभिन्न जिल्लामा राखिएको चियापान कार्यक्रम स्थगन गर्न एमालेको निर्देशन

दैनिकी न्यूज

१८, कार्तिक २०८०
विभिन्न जिल्लामा राखिएको चियापान कार्यक्रम स्थगन गर्न एमालेको निर्देशन
images

काठमाडौँ । नेकपा (एमालेले) आज दसैँ, तिहार, छठ र नेपाल संवत्को अवसरमा विभिन्न जिल्लामा राखिएको चियापान तथा शुभकामना कार्यक्रम स्थगित गरेको छ ।

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले विभिन्न जिल्लामा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा चियापानका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको जानकारी दिए । उनले राहत र उद्धारको काममा केन्द्रित हुनुपर्ने भएकाले पार्टीका तर्फबाट आयोजित शुभकामना कार्यक्रम स्थगन गरिएको बताए ।

एमालेले विपत् र शोकको यस समयमा सुर्खेत, नेपालगञ्ज, काठमाडौँका पार्टीका कमिटीलाई उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक रगत सङ्कलनमा सहयोग गर्न आग्रह गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - १७:४०:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology