Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आइतबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो

आइतबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो

दैनिकी न्यूज

१९, कार्तिक २०८०
आइतबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो
images

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल नभएको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १५ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ३५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १५ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १४ सय १५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १३ सय ९० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - ११:५०:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology